
पोखरा, २३ माघ-
विश्व हिन्दू महासंघ कास्कीको आयोजनामा पोखरा उपमहानगरपालिका वडा नंं.२७ र २९ को संयुक्त भेला हेमजामा शनिबार सम्पन्न भयो ।
ब्राह्मण समाज नेपालका पूर्व अध्यक्ष डा नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताले जबर्जस्ती धर्मान्तरणले राष्ट्रिय एकतामा खलल पु¥याउने र नेपाल पश्चिमाको भाषिक तथा सांस्कृतिक उपनिवेशमा परिणत हुन लागेकोले धर्मान्तरण साम्राज्यवादको एक अंश भएको हुँदा सम्पूर्ण राष्ट्रभक्त नेपाली एकजुट भइ धर्मान्तरणको विरुद्धमा लाग्नुपर्नेमा जोड दिए ।
उनीहरुले यूरोपका कतिपय मुलुकमा गीतालाई महान ग्रन्थ मानेर अध्ययन अध्यापन प्रमुख बनिरहेको हालको परिवेशमा इकाइ धर्मका नाममा केही व्यक्ति र संस्थाले नेपाली समाजमा विद्यमान अशिक्षा र गरिबीको फाइदा उठाइ जबजस्ती धर्म परिवर्तनमा लागेकोले त्यस्ता कुतत्वको प्रतिकार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारी, विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष वेदनिधि शर्मा, सनातन धर्म सेवा कास्कीका अध्यक्ष रवीन्द्र माकाजु, विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खराल लगायतले वैदिक सनातन हिन्दू धर्म रक्षाका लागि टोल टोलबाट जागरण फैसलाउनुपर्नेमा जोड दिए ।
प्राज्ञिक व्यक्तित्व जनार्दन त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत हेमजा आवासीय विद्यालयका प्राचार्य केशवशरण पौडेल र सञ्चालन शंकरमणि त्रिपाठी (छन्दमणि)ले गरेका थिए ।
यसैबीच, भेलाले आगामी फागनुमा हेमजामा बृहत् भेला आयोजना गर्नका लागि भरतराज अधिकारीको संयोजकत्वमा १५ सदस्यीय भेला आयोजक कमिटी गठन गरेको छ । कमिटी उपसंयोजक पार्वती बानियाँ, सचिव छन्दमणि छन् ।
