अष्ट्रेलियाको ओयसिस पोखरामा

Share:

रञ्जन अधिकारी पोखरा, २३ माघ / अष्ट्रेलियामा प्रधान कार्यालय स्थापना गरी सेवाररत ओयसिस एजुकेशन कन्सल्टेन्सीले पोखरामा ब्राञ्च खोलेको छ । पोखराको सिर्जनाचोकमा स्थापित ब्राञ्चको ओपनिङ पनि भईसकेको छ । ओयसिसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत कुशल केसीले शाखाको शुभारम्भ गरेका हुन् ।

केसीले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी ओयसिसको शाखा पोखरामा स्थापना गरिएको जानकारी दिए । अष्ट्रेलियाको सिड्नीमा बिगत ५ वर्षदेखि ओयसिस सञ्चालनमा छ । पोखरा अघि नै दुई वर्ष अघिदेखि काठमाण्डौ र चितवनमा ओएसिसले सेवा प्रदान गरिरहेको छ। ‘हामी बेष्ट युनिभर्सिटीमा लैजान्छौं भनेर भन्नका लागि मात्र भन्दैनौं । तर, नेपालीको लागि बेस्ट कलेजमा हामी लान सक्छौं ।’ केसीले भने– ‘यहाँको विद्यार्थीका लागि उपयुक्त, सुहाउँदो युनिभर्सिटीमा सिफारिस गर्छौं । त्यहाँ पुगेपछि पनि विद्यार्थीसँग हामी सँगै रहन्छौं किनकी हामी अष्ट्रेलियामै छौं ।’

उनले अष्ट्रेलियाको लागि मात्र विद्यार्थी लैजाने भएकाले विद्यार्थीलाई त्यहाँको सम्पूर्ण शिक्षा प्रणालीका बारेमा विद्यार्थीलाई परामर्श प्रदान गर्ने बताए । उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुको सख्ंया बढिरहेको केसीले बताए ।

शाखाका प्रबन्धक विकल पौडेलले पोखरा तथा आसपासका विद्यार्थीलाई लक्षित गरेर शाखा सञ्चालनमा ल्याइएको जानकारी दिए । शाखा शुभारम्भका अवसरमा ओयसिस पोखरामा आइएलटिएस कक्षा निःशुल्क सञ्चालन गरिने पौडेलले जानकारी दिए । दक्ष तथा अनुभवी काउन्सिलरबाट विद्यार्थीलाई परामर्श प्रदान गरिने उनको भनाई छ । ‘अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीका लागि ओयसिस उत्कृष्ट कन्सल्टेन्सी हो’ पौडेलले भने– ‘ हामी अरु देश पठाउँदैनौ । विश्द्ध अष्ट्रेलियाका लागि आईएलटिएस मात्र पढाउँछौं ।’

कमेन्ट गर्नुहोस्
Share: