
लेखनाथ, २७ माघ-
पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा १३ औं सस्करणको लेखनाथ महोत्सव आज देखि लेखनाथको तालचोकमा शुरु भएको छ ।
महोत्सवको उद्घाटन गर्दै उद्योग मन्त्री नवीन्द्रराज जोशीले अहिलेको आवस्यकता राजनैतिक वहसलाई एक ठाउंमा थाँती राखेर आर्थिक समृद्धिको वाटो तर्फ लाग्न सवैसंग आग्रह गरे।
हरेक वर्ष पांच लाख नेपाली युवा युवतीहरु रोजगारीको लागि अर्काको देशमा जाने गरेको उल्लेख गर्दै मन्त्री जोशीले अवको १० भित्र कोही पनि नेपालीहरु कामको लागि विदेशमा जान नपर्ने गरी स्वदेशमै उद्योगधन्दा खोल्ने तर्पm लाग्नु पर्नेमा जोड दिए । निजी क्षेत्रलाई सहज हुने गरी लगानीमैत्री वातावरण वनाउन सरकार तयार रहेको भन्दै उनले सवै उद्यमीहरुले श्रोत र साधन जुटाएर उद्योग खोले लगानीको सुरक्षा दिने काम सरकारले गर्ने बताए ।
संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी, सांसद यज्ञ वहादुर थापा, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष किसोर प्रधान,महासंघका सदस्य दिल सुन्दर श्रेष्ठ,महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, महोत्सवको मुख्य प्रायोजक एड्भान्स ग्रुपका प्रवन्धक दिपक घिकिरे, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, सम्पुर्ण महिलाहरुको तर्फबाट जानुका पराजुली लगायतका वक्ताहरुले महोत्सवको उपयोगिताका बारेमा जानकारी दिदै लेखनाथको विकासमा साझा अवधारणाको खाचो रहेको धारणा राखेका थिए।
महोत्सवमा विभिन्न जिल्लाहरुमा उत्पादित कृषि तथा हस्तकलाका वस्तुहरुकोे बजार प्रवद्र्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा छिमेकी मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्य राखिएको छ ।
महोत्सवमा दर्शकको मनोरन्जनका लागि राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको दैनिक प्रस्तुती , गण्डकी तारा ,विद्यालयका छात्र–छात्राहरुको नृत्य, बाल उद्यान, खाना महोत्सव, म्युजिक कन्सर्ट, राष्ट्रिय लोक दोहोरी कार्यक्रम प्रस्तुत गरिनेछ ।
कृषि, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, रेष्टुरेण्ट लगायतका करिब तिन सय स्टल महोत्सवमा रहेका छन् भने महोत्सव अबधिभर तीन लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने र १५ देखी २० करोड बरावरको आर्थिक कारोवार हुने अपेक्षा आयोजकहरुले गरिएका छन् ।
“ महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि “ भन्ने मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा स्थानीय सामाजिक संघ सस्थाको सहकार्यमा शुरु भएको महोत्सव फागुन ८ गतेसम्म संचालन हुनेछ ।
