प्रेम गर्ने जोडीहरुका लागि नयाँ स्वाद, यस्तो छ लघुचलचित्र गर्लफ्रेण्ड (भिडियो सहित)

Share:

पोखरा, २७ माघ-
नेपाली समाजमा प्रचलित उखान छ “लेखेको पाइन्छ, देखेको पाइन्न” । यो उखानलाई चरितार्थ पार्ने प्रयास गर्दै पोखरामा केहि यूवाहरुको प्रयासमा लखु चलचित्र गर्लफ्रेण्ड निर्माण गरिएको छ ।

चलचित्रको कथावस्तु यो उखानको मान्यता संग मिल्दोजुल्दो जस्तो देखिन्छ, तर गहिराईमा भने भिन्नता नैछ । उखानले लेख्ने काम भगवानको हातमा हुन्छ भन्ने मान्यता राख्छ । तर यो चलचित्रले चाहि लेख्ने काम आफ्ननै हातमा हुन्छ भन्ने पुष्टि गर्न खोजीएको यसको निर्माण पक्षले जनाएको छ । प्रेम गर्ने जोडीहरुका लागि नयाँ स्वाद प्रदान गरिएको यो चलचित्र यूटुबको पर्दामार्फत सार्वजनिक गरिएको चलचित्र निर्देशक राकेश गुरुंगले बताए ।

सफल मानिसहरु सब्कन्सियस माईण्डको प्रयोग गर्छन, र सफल हुन्छन् । यो चलचित्रमा गर्लफ्रेण्ड प्राप्तिको लागि सब्कन्सियस माईण्डको प्रयोग कसरी गर्ने देखाउन खोजीएको छ । वैज्ञानिकहरुका अनुसार, सब्कनसियस माईण्डमा जे कुराको प्रभाव हुन्छ, त्यही कुरा बाह्य संसारमा प्रकट हुन्छ भन्ने मान्यता अनुरुप चलिचत्र बनेको बताईएको छ ।

चलचित्रले प्रस्तुत गरेको तथ्यलाई आधार मान्नेहो भने लेख्ने काम आफ्ननै हातमा हुन्छ भन्न सकिन्छ । यसअर्थ गर्लफ्रेण्ड भगवानको हातमा होइन, तपाईको हातमा हुन्छ । यो चलचित्रको सार यही हो । यूटुबमा सार्वजनिक चलचित्रलाई दर्शकहरुले पनि निकै रुचाएका छन् ।

https://youtu.be/kTw4FZSM9SA

कमेन्ट गर्नुहोस्
Share: