
पोखरा, २८ माघ–
योङ कम्युनिस्ट लिग (वाइसिएल) कास्कीले कालोबजारी, महंगी र भ्रष्टाचार नियन्त्रण गर्न विशेष कारबाही सुरु गर्ने बताएको छ । वाइसिएलको नवनिर्वाचित कार्यसमितिले बुधबार पत्रकार सम्मेलन आयोजना गरी पुन सक्रिय हुने बताएको हो ।
वाइसिएल र क्रान्तिकारी युवा लिगको एकता भेलाले रामबहादुर थापाको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष थापाले कास्कीमा विकृति विसंगतिको ठूलै सञ्जाल पहिचान भएकोले तत्काल कारबाही सुरु गर्ने बताए । उनले नजिकिँदै गरेको स्ववियु चुनावलाई निस्पक्ष र धाँधलीरहित बनाउन विद्यार्थीलाई आतंकित पार्ने खालका क्रियाकलाप गर्ने विरुद्ध कडा रुपमा प्रस्तुत हुने उल्लेख गरे ।
‘बढ्दै गएको गुण्डागर्दी नियन्त्रण गर्न खरो रुपमा वाइसिएल परिचालन गर्छौं,’ उनले भने । उपाध्यक्ष सन्तोष सोनामले एक घर एक वाइसिएल भन्न्े नारालाई जनताको घरघरमा पु¥याउने दाबी गरे । सचिव तोरण गुरुङले विभिन्न तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने बताए । उनले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते वाइसिएल कास्कीले बृहत युवा मार्च गर्ने जानकारी दिए ।
पूर्व अध्यक्ष विनय थापाले विगतमा वाइसिएल कास्कीले बाटो चक्ल्याउन, फेवा फुटट्र्याक बनाउन, नाकाबन्दीमा कालोबजारी नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेकोले राम्रा कामलाई पुन निरन्तरता दिने बताए । हालै सम्पन्न एकता भेलाले अध्यक्षमा रामबहादुर थापा, उपाध्यक्षमा सन्तोष सोनाम, भोजराज पौडेल र एंगेल्स कार्की, सचिवमा तोरण गुरुङ, सहसचिवमा विकास थापा, सन्देश पुन र मोहम्मद फरान खान र कोषाध्यक्षमा बिमल खड्का निर्वाचित गरेको छ ।
वाइसिएल कास्कीको इन्चार्जमा राजकुमार दुलाल, सहइन्चार्जमा नवीन गुरुङ, सुवास पौडेल र उमाकान्त खनाल छन् । भेलाले अनुशासन आयोगमा डम्बरबहादुर परियार र गौतम थापा र लेखा संयोजकमा राजकुमार बुढामगरलाई निर्वाचित गरेको छ ।
