
फागुन १ गते-
कपिलवस्तु पकडी क्षेत्रमा बिहेको टिकोटालो गर्न ठिक्क परेकी एक युवतीको सामूहीक बलात्कार भएको छ ।
बलात्कारपछि बलात्कारीले युवतीसँगको सेक्स भिडियो समेत सार्वजनिक गरिदिएका छन् । बलात्कारमा परेकी युवतीको सोमबार मात्रै टिकोटालो गर्ने तय भएको थियो ।
तर उनको टिकोटालो हुनु केही दिनअघि नै ६ जना युवाको समूहमा रहेका बलात्कारीले सबै इज्जत लुटिदिए ।
१७ वर्षीया ती युवतीको गत बिहीबार साँझ बलात्कार गरेपनि घटना ढिलो गरी मात्रै सार्वजनिक भएको हो । बलात्कारको भिडियो युवाहरुले इन्टरनेटमै अपलोड गरेको भेटिएको छ ।
प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवालाई पक्राउ गरि अनुसन्धान थालेको छ । पक्राउ परेकामध्ये राहत हुसैन र अब्दुल रसिद रहेका छन् । अन्यको खोजी भैरहेको छ ।
