रेडियो गेम शो ‘बेस्ट भ्यालेन्टाइन कपल’ जारी, आइतबार जापान र नानुको जोडी छानिए

Share:

पोखरा, १ फागुन–
प्रणय दिवसलाई लक्षित गर्दै बिग एफएमले गत शनिबारदेखि शुरु गरेको रेडियो गेम शो ‘बेस्ट भ्यालेन्टाइन कपल’ मा आइतबार जापान र नानुको जोडी छानिएका छन् । यसअघि ८ जोडी छनौट हुँदै फाईनल प्रतिस्पर्धामा पुगिसकेका छन् ।

शनिबार सविना र निश्चलको जोडी छानिएका थिए ।
शुक्रबार सुरेश र निरुको जोडी, विहीबार अनिशा भण्डारी र अशोक सेढाईको जोडी, बुधबार रिया पुन र मनोज गुरुङको जोडी छनौट भए । चौथो दिन बबिता थापा र सरोज पौडेल, तेस्रो दिन कर्णलाल कुलुङको जोडी, दोस्रो दिन आईतबार शर्मिला मगर र मदन मगरको जोडी तथा पहिलो दिन शनिबार अन्जन सुर्खेती र बिमला बिस्कुनेको जोडी छनौट भएका थिए । शनिबारदेखि शुरु भएको यो रेडियो गेम शो फागुन ३ गतेसम्म चल्नेछ ।

मायालु जोडीहरुलाई लक्षित यो कार्यक्रम बिग एफएमले हरेक वर्षको प्रणय दिवसमा गर्दै आएको छ । ओसिस एजुकेशन कन्सल्टेन्सीको मूख्य प्रायोजनमा यो पटकको ‘बेस्ट भ्यालेन्टाइन कपल’ रेडियो गेम शो संचालनमा आएको हो । माया गर्ने जोडीहरुले एसएमएसमार्फत यो रेडियो गेम शोका लागि ‘जोडी दर्ता’ गर्नुपर्ने एफएमले जनाएको छ ।

‘यो रेडियो गेम शो अन्तरगत मायालु जोडिहरुले एसएमएसमार्फत सहभागिताको लागि आफ्नो जोडि दर्ता गराउनुपर्छ । दर्ता भएका जोडीहरु मध्ये एफएमले लक्की ड्र गरेर १० दिनसम्म हरेक दिन साँझ ८ बजे ‘एक उत्कृष्ट मायालु जोडि’लाई छनौट गर्नेछ ।’ यसरी छानिएका उत्कृष्ट १० जोडीमध्येबाट प्रणय दिवसको दिन एक जना सर्वोत्कृष्ट जोडी छानिनेछन् ।

एशियाकै उत्कृष्ट युवा ज्योतिष हरिहर अधिकारीले सर्वोत्कृष्ट जोडी छान्ने एफएमले जनाएको छ । उनले उत्कृष्ट जोडीहरुमध्ये ज्योतिष शास्त्रबाट ‘लभ केमेस्ट्री’ मिलेको एक जोडीलाई सर्वोत्कृष्ट घोषित गर्नेछन् । यसरी छानिएका सर्वोत्कृष्ट जोडीले नगद १५ हजार रुपैँया सहित विभिन्न भ्यालेन्टाईन गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै अन्य उत्कृष्ट जोडीहरुले पनि नगद दुई हजार रुपैँया र भ्यालेन्टाईन गिफ्ट प्राप्त गर्ने एफएमले जनाएको छ ।

रेडियो गेम शो मा दर्ता हुनका लागि जोडीहरुले मोबाईलको मेसेज बक्समा गई BIG <space> FM <space> जोडीको नाम लेखेर ३४३२१ मा पठाउनुपर्नेछ । जुनसुकै उमेर समुहका जोडीले यसमा आफ्नो नाम दर्ता गराउन सक्ने एफएमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: