पुम्दीकोटको शिवपुराणमा पाँच दिनमा चार करोड उठ्यो

Share:

पोखरा, ८ फागुन-
पोखरा २५, पुम्दीकोटमा गत मंगलबारबाट आयोजित महाशिव पुराण तथा धार्मिक पर्यटन महोत्सव पाँचौ दिन आईपुग्दा संकलित दान चार करोड नाघेको छ । पाँचौ दिन शनिबार मात्रै ५९ लाख १३ हजार एक सय ५४ संकलन भयो ।

शनिबार पोखरा लेकसाईड स्थित होटल बाराहीका सञ्चालक विप्लव पौडेलले २५ लाख नगद दान गरे । यस्तै, पोखरा पृथ्वीचोकका प्रेमबहादुर जिसीले दुई लाख ५५ हजार पाँच सय ५५, पोखरा २५ डाँडाथोक निवासी उमानाथ र टेकनाथ बरालले दुई लाख ३० हजार पाँच सय ५५, पोखरा २५ ठाडा स्वाराका नन्दकली सुनारले दुई लाख २६ हजार एक सय ११, डाँडाथोककी पार्वती बरालले दुई लाख २५ हजार पाँच सय ५५, त्यहाँकै तारापति बरालले दुई लाख २५ हजनार पाँच सय ५५, सोहि स्थानकी पीतकुमारी बरालले दुई लाख २५ हजार पाँच सय छ, खेलेस्वाँराका चुडामणि बरालले दुई लाख २५ हजार पाँच सय दान गरे ।

यस्तै, पोखरा २५ धारापानीका अर्जुन सुनारले एक लाख ११ हजार एक सय ११, लुकुमस्वाँराका इन्द्रकला बरालले एक लाख छ हजार ६ सय ६६, पुम्दी भोटेनीका सुकमाया सुनारले एक लाख पाँच हजार एक सय २५, पोखरा २५ ओडारेका जयलाल बरालले एक लाख एक हजार एक सय ११, पुम्दी दुर्सेलीका श्रीकान्त बरालले एक लाख एक हजार एक सय ११, भोटेनी पुम्दीका खेमबहादुर सुनारले एक लाख एक हजार, सोहि ठाउँका टंकबहादुर सुनारले एक लाख एक हजार, सोहि स्थानकै केदार सुनारले एक लाख एक हजार, डाँडाथोकका डोरनाथ बरालले एक लाख एक हजार, फेवा टोल आमा समुह सिम्लेबाट ५२ हजार एक सय ५५ रुपैंया प्राप्त भएको आयोजक पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण एवम् पर्यटन प्रवद्र्धन उपभोक्ता समिति पोखराले जानकारी दिएको छ ।

यसैगरी, सिम्लेका कृष्णबहादुर गुरुङले २५ हजार पाँच सय ५५, डाँडाथोकका होमनाथ बरालले २५ हजार पाँच सय २५ दान गरेका छन् । ‘समृद्धि र विकास ः बेरोजगारी र विदेश पलायन हुनेहरुा लागि निकास’ भन्ने मूल नाराका साथ आयोजित महोत्सव फागुन १४ गतेसम्म चल्नेछ ।

शिवपुराण प्रमुख वाचकमा ईश्वरकृष्ण महाराजजी छन् । हरेक दिन पूर्वान्ह १० बजेदेखि बेलुकी पाँच बजेसम्म महापुराण वाचन हुनेछ । साथमा, भजनकिर्तन, कथानाटक प्रदर्शन गरिनेछ । श्रद्धालु भक्तजनलाई आशीर्वाद प्रदान गर्ने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: