डिभोर्स भएको लामो समयपछि फेरि सँगै देखिए गायिका अञ्जु र गायक मनोज राज (भिडियो)

Share:

फागुन ८ गते–
डिभोर्स भएको निकै लामो समयपछि गायिका अञ्जु पन्त र गायक तथा संगीतकार मनोज राज सँगै देखिएका छन् । गायक मनोज राजले कस्तो माया लाइयो हजुर बोलको गीतलाई गायिका अञ्जुको आवाजमा रेकडिङ गराएका हुन् ।

अन्जु र मनोजलाई निकै पछि एकसाथ दखिएपछि धेरैजना आश्चर्यमा परेका छन् । गीत रेकर्डिङ्गपछि मनोजराजले भने आफूहरु प्रोफेसनल काममा मात्रै सँगै भएकाले अन्यथा नसोचिदिन आग्रह गरे ।

गीतकार गोविन्दप्रसाद उपाध्यायको एल्बम ‘सत्यता २’ मा समेटीएको यो गीतमा धेरै पछि अन्जु र मनोजले एक साथ गाएका हुन् ।

अन्जु र मनोजकै कथालाई गितमा उन्ने र उनीहरुकै स्वरमा गीतकार गोविन्दप्रसाद उपाध्यायले गाउन लगाएका हुन् । अन्जु र मनोजबीचको दाम्पत्य सम्बन्ध टुटे पनि संगीतको सम्बन्ध टुट्नु हुन्न भनेर आफूले यो योजना बनाएको उपाध्यायले बताए ।

यो गीतको संगीत हरि लम्सालको रहेको छ भने संगीत संयोजन किरन कँडेलले गरेका छन् । यो गीतको भिडियोमा सागर र अनु शाहले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: