तराना साँङगीतिक साँझ फागुन २२ गते

Share:

पोखरा, १० फागुन-
पोखरामा रहेर विगत लामो समयदेखि गीत संगीतको विभिन्न विधामा प्रशिक्षण दिँदै आईरहेको तराना म्युजिक सेन्टरले आयोजना गर्ने तराना साङगीतिक साँझको तयारी तिव्र पारिएको छ ।

आगामी फागुन २१ गते शनिबार आयोजना हुने कार्यक्रमको हालसम्म ८० प्रतिशत तयारी पूरा भएको कार्यक्रम संयोजक एवं तराना म्युजिक सेन्टरका सञ्चालक तथा संगीत प्रशिक्षक श्रीमान थुलुङले जानकारी दिए ।

कार्यक्रममा विगत लामो समयदेखि तराना म्युजिक सेन्टरमा संगीत प्रशिक्षण लिदैँ आईरहेका प्रशिक्षर्थीहरु शान्ति श्रीष, स्मृति राई, काजी राई, तमान्ना गुरुङ, सुनिल गायक, सुर्य गुरुङ, उमेश पुन, सजना बास्तोला, सम बसेल, पूर्ण श्रेष्ठ, सरिता राई, कल्पना थापा, हरि पुन लगायत तीन दर्जन भन्दा बढी कलाकारहरुले गीत गाउने छ भने विभिन्न आकर्षक नृत्य, शास्त्रीय संगीत तथा लोकदोहोरी प्रस्तुत गरिने रहने आयोजकले जनाएको छ ।

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा मध्यान्ह् १२ बजेबाट शुरु हुने कार्यक्रममा ग्लोरी फेशन होम पोखरा मुख्य प्रायोजक तथा कलाकार हरि पुनले सह–प्रायोजक गर्नुभएको छ भने ज्योती पुन, नवराज बस्नेत, प्रेम राई, रिड मन्टेश्वरी, सुनगाभा दोहोरी साँझ, स्टार्स स्टुडियो, राई मोटर ड्राईभिङ इन्ष्टिच्युट, पञ्चामृत बेकरीले प्रायोजन गरेकोे छ ।

कार्यक्रम सम्पन्न गर्न २ लाख रुपैय खर्च लाग्ने अनुमान गरिएको छ भने एक लाख रुपंैय बचत हुने अपेक्षा गरिएको छ । बचत भएको रकम तराना साँङगेतिक कोषमा जम्मा गरिने भएको छ ।

यो कोषबाट विगत वर्षदेखि नै वर्षिक रुपमा गरिब तथा जेहन्दार छात्र÷छात्राहरुलाई निःशुल्क रुपमा संगीत प्रशिक्षण दिँदै आई रहेको कार्यक्रम संयोजक श्रीमान थुलुङले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: