बादल हत्याकाण्डबाट पटक पटक यातना खेपेको भन्दै काँग्रेस लेखनाथ नगर सभापतिद्धारा राजिनामा

318
0
Share:

लेखनाथ, १० फागुन-
नेपाली काग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछानेले सोमबार पदबाट राजीनामा दिएका छन् ।

नेपाली काँग्रेसका स्थानीय नेता रामजी पौडेल बादलको हत्याकाण्डको विषयलाई लिएर पटक पटक अनावश्यक दोषारोपण, यातना र अन्याय सहनुपरेको भन्दै लामिछानेले राजीनामा दिएका हुन् ।

“पार्टी सभापति भएकै आधारमा, कसैको व्यक्तिगत जीवन समेत प्रतिकुल असर पर्ने गरी दोषारोपण गर्न पाईंदैन“ नगर कमीटीको नियमित बैठककै बिच राजिनामा घोषणा गर्दै उनले भने । बादल हत्याकाण्डको विषयमा पार्टी सम्बद्ध व्यक्तिहरुले नै पटक पटक दोषारोपण र मानसिक यातना दिएको तर पार्टी नेतृत्वले कुनै सुनुवाइ नगरेको उनको गुनासो छ ।

गल्ति गरेका मानिसलाइ कार्बाही गर्नुको सट्टा झनै उक्साउने प्रवृती हावी भएकोले पार्टीको जिम्मेवारी लिनुको कुनै औचित्य नभएको उनले बताए । बादल हत्याकाण्डको सत्य तथ्य बाहिर ल्याउन आँफुले पहल गरेकै कारण समय समयमा अपमान खेप्नु परेको जनाएका छन् ।

एउटा झुटलाइ सय पटक भन्यो भने त्यो सत्य सावित हुन्छ भन्ने नियत राखी आफ्ना बिरुद्ध अपराधीहरुले खेल खेलेको उनले बताए । हत्याकाण्ड छानबिन गरौ भन्दा नबोलिदीए हुन्थ्यो झैं गर्ने तर अपमान जनक व्यवहार भयो भनि उजुरी गर्दा मौन बस्ने पार्टी नेतृत्वको शैलिले हत्या हिंसा, बेइमान र नैतिक पतनलाइ प्रश्रय दिएको छ, त्यसैले त्यस्तो वातावरणमा जिम्मेवारी लिनुको कुनै औचित्य देखीनँ, उनले भनेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: