सरकारले अबदेखि भोजभतेर र पार्टीमा पनि रक्सी खान नपाउने नियम ल्याउँदै

294
0
Share:

फागुन १० गते-
सरकारले अबदेखि सार्वजनिक समारोह, भोजभतेर तथा पार्टीमा रक्सी पिउन नपाउने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

यसका लागि नीतिनै बनाउने तयारी छ र छिट्टै लागू हुने बताइएको छ । ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति २०७३’ मन्त्रीपरिषदले पारित गरेपछि यसका लागि अब कानून बन्नेछ ।

यो कानुन बनेपछि सार्वजनिक समारोह, विवाह उत्सवलगायतका कार्यक्रममा जाँडरक्सी खान निषेध हुनेछ ।

बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म जाँडरक्सीको खुद्रा किनबेच गर्न नपाउने र अरु समयमा पनि फुटकर रुपमा एक दिनमा १ लिटरभन्दा बढी किनबेच गर्न नपाउने व्यवस्था गरिने स्वास्थ्यमन्त्री गगन कुमार थापाले जानकारी दिएका छन् ।

यस्तै, कानुनले २१ वर्षभन्दा कम उमेरका र गर्भवतीलाई जाँडरक्सी किनबेच र सेवन गर्न निषेध गर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: