
लेखनाथ, १० फागुन-
सोमवार एकाएक राजीनामा दिएका नेपाली काग्रेस लेखनाथ नगर सभापती राजेन्द्रमणी लामीछानेलाई आफूले दिएको राजीनामा फिर्ता गर्न काग्रेस भित्रबाट माग गरेका छन् ।
नेपाली काग्रेस लेखनाथ नगर सचिव ध्रव लामिछानेले आफूले राजिनामा कुनै हालतमा दिन नहुने र यसो भएमा सवैले राजिनामा दिने उल्लेख गरेको वताएका छन् । त्यसै गरी नेपाली काग्रेस कास्की क्षेत्र नं १ का सांसद् यज्ञ वहादुर थापाले लामीछानेले आफूसँग सोधेको र राजिनामा नदिने र वरु केही समय कार्यवाहक दिन सुझाव दिएको वताए ।
सरकारले सोमबार मात्र यही वैशाख ३१ गते स्थानिय निकायको चुवाव घोषणा गर्दै गर्दा लेखनाथ क्षेत्रमा नेपाली काग्रेसको राजनिती झनै विग्रीएको नेताहरु वताउँछन् । एकाएक राजिनामा दिएका लामिछाने महाधिवेशन पछि वलियो भएको काग्रेस केही कमजोर हुन सक्ने भएकोले कसैको दवावमा राजिनामा दिन नहुने काग्रेस नेता एंव पुर्व जिल्ला सचिव नन्द प्रसाद तिवारी वताउँछन् ।
राजिनामा दिएका लामिछाने वादल हत्या काण्डको विषयमा छानविन नभएसम्म आफू राजिनामा फिर्ता नलिने उद्घोष गरे । उनले आफूले विभिन्न समयमा जिल्ला सभापती र केन्द्रिय नेता सँग छानविन वारे माग गरे पनि सुनुवाई नभए पछी राजिनामा दिएको वताउदै आफुले नगर सभापतिको पदबाट मात्र राजिनामा दिएको तर काग्रेस नछोडेको बताउदै आएका छन् ।
यता लामिछानेले नगर समितिको बैठकमा दिएको राजिनामा भने स्विकृत नभएको उपासभापति डम्वरबहादुर थापाले जानकारी दिएका छन् ।
