
पोखरा, १९ फागुन-
आठौ हेमजा आलु महोत्सव २०७३ को तयारी तिव्र पारिएको छ। सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिका अनेक भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव फागुन २३ देखि चैत १ गते सम्म विष्णुपादुका खेल मैदान हेमजामा हुदै छ । महोत्सव सफल बनाउन गठित विभिन्न उपसमितिले तयारीलाई तिव्र पारेको जानकारी गराईएको छ । समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुद लगाएतको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।
महोत्सवा सेती नदी र्याफ्टिंग, जीपलाईन फ्लायर, बन्जी जम्पको टिक उपलब्ध गराईने संयोजक थापाले जानकारी दिए ।महोत्सव सम्पन्न गर्नका लागि करिव ३१ लाख पाँच हजार खर्च लाग्ने र ३३ लाख पाँच हजार आम्दानी हुने अनुमान गरिएको कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए।महोत्सवमा भित्र र वाहिर गरि करिव दुई करोडको आलुको कारोवार हुने कृषक परिचालन समितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए । महोत्सवमा १५ प्रकारका आलुका परिकार रहने रेष्टुरेण्ट व्यवस्थापन उपसमिति संयोजकमा विजय थापाले जानकारी दिए ।
महोत्सवमा ६० वटा व्यवसायिक स्टल, कृषि प्रविधि प्रदर्शनी एक प्राथामिक उपचार केन्द्र र एक सूचना केन्द्र रहने व्यवस्था मिलाईएको स्टल व्यवस्थापन उपसमिति संयोजक भक्तबहादुर थापाले जानकारी दिए । महोत्सवमा टिकट ८० कायम गरिएको छ भने विद्यार्थीलाई ५० कायम गरिएको छ ।महोत्सवको वेलुका चर्चित व्याण्डहरुको लाईभ कन्सर्ट पनि राखिएको छ । महोत्सवमा होलि विशेष पनि कार्यक्रम राखिएको मुल आयोजक समिति संयोजक थापाले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालय कास्कीका वरिष्ठ कृषि विकास अधिकृत लोकेन्द्र बोहोराले महोत्सवले यस क्षेत्रलाई आलु गाँउको रुपमा परिचित गराएको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिप्रेन्द्र श्रेष्ठले महोत्सवलाई सफल बनाउनका लागि महासंघ समन्वय गरेर अगाडि वढ्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्य समिति पदाधिकारी सदस्य तथा पार्षदलाई पनि वधाई सहित सम्मान गरिएको थियो । विष्णुपादुका क्लवका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव मुल आयोजक समितिका कोषाध्यक्ष महेन्द्रसिंह थापाले स्वागत र महासचिव वसन्तकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
