
पोखरा, १९ फागुन-
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनको मतगणनामा रेजा विवादले मतगणना स्थगीत भएको छ । मतपत्रमा लगाएको रेजा सामान्य मात्रै माथि गएको मतपनि बदर भएको भन्दै अखिल क्रान्तिकारीले बहिस्कार गरेको छ ।
कोषाध्यक्ष पदका उमेद्वारको भोटमा सामान्य मात्रै माथी गएकोलाई मान्यता नदिएको भन्दै क्रान्तिकारीले बहिस्कार गरेको हो । क्रान्तिकारीको बहिस्कार पछि अखिल छैटौ र नेविसघले पनि बहिस्कार गरेर बाहिर निस्केपछि मतगणना स्थगीत भएको छ । १ सय ५३ भोट गणना गर्न बाकी छ ।
पश्चिमाञ्चल ईञ्जिनियरिङको स्ववियु सभापतीमा अनेरास्ववियु अगाडी रहेको छ । १४ सय २९ जना मतदाता रहेकोमा १ हजार ३ सय ८६ मत खसेको थियो । १ हजार मत गणना गर्दा सम्म अनेरास्ववियुका ईन्द्र पौडेल ८२ मतले अगाडी रहेका छन् । पौडेलको ३ सय ९६, नेविसंघका सुजित कोईरालाको ३ सय १४ मत रहेको छ भने अखिल क्रान्तिकारीका साधुराम लामिछानेको २ सय ६२ मत प्राप्त गरेका छन् । सचिबमा भने नेविसंघका विजय झा अगाडी रहेका छन् ।
अनेरास्ववियूबाट सचिवमा सम्राट पौडेल, कोषाध्यक्षमा शितल शर्मा उम्मेदवार छन् । सदस्यहरुमा कञ्चन पाण्डे, सुनिल कार्की, प्रशान्त कार्की, श्रीधर डाँगी, किरण तिवारी, अनिल मण्डल, सनम श्रेष्ठ प्रतिष्पर्धामा उत्रेका थिए ।
त्यसै गरि नेविसंघबाट कोषाध्यक्षमा कमला द्वारे तथा सदस्यहरुमा प्रथम खड्का, सुजन पौडेल, आध्या भट्टराई, स्वरुप सिंह, सुमन बिसी, प्रविण गुरुङ र राजु थापामगर छन् । त्यसै गरि सचिवमा कृष्ण दाहाल, कोषाध्यक्षमा अमरेन्द्रकुमार मण्डल तथा सदस्यहरुमा दामोदर दाहाल, अशोक कुमार सिंह, मनिका न्यौपाने, प्रशान्त अर्याल, अर्जुन नेपाल, अञ्जली न्यौपाने र सुधिर रानामगर प्रत्यक्षतर्फ उठेका छन् ।
क्रान्तिकारी विप्लवले पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पसमा सभापतिमा पदमा मात्रै संगठन अघि बढेको छ । उसले सुनिल राईलाई उम्मेदवार बनाएको छ ।
