
फाल्गुन २७ –
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ बढाएको छ ।
१३५० रुपैयाँ रहेको ग्यासको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी २५ रुपैयाँ बढाएर १३७५ पुर्याएको निगमका प्रवक्ता एवं बिक्री वितरण विभाग प्रमुख सीताराम पोखरेलले जानकारी दिए ।
भारतीय आयल निगमले ग्यासको भाउ बढाएर पठाएपछि मूल्य बढेको हो । यसअघि प्रतिसिलिण्डर ३१३ रुपैयाँ ५१ पैसा घाटा रहेको थियो । भाउ बढेपछि पनि २८८ रुपैयाँ ५१ घाटा कायमै छ ।
अन्य इन्धनको मूल्य भने बढेको छैन ।
कमेन्ट गर्नुहोस्
