
पोखरा, २७ फागुन-
आजदेखि कास्कीको पोखरा महानगरपालिका बनेको छ । लेखनाथ र पोखरालाई मिलाएर सरकारले पोखरा लेखनाथ महानगरपालिका बनाएको हो ।
पोखरा लेखनाथसँगै देशमा ललितपुर, भरतपुर पनि महानगरपालिका बनेका छन् । काठमाडौं यसअघि नै महानगरपालिका थियो । योसँगै देशमा ४ वटा महानगर भएका छन् ।
स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगले कास्कीमा पोखरालेखनाथ महानगरपालिका र ४ वटा गाउँ पालिका प्रस्ताब गरेको थियो ।
प्रस्तावीत पोखरा लेखनाथ महानगरपालिकाको केन्द्र पोखरा नै भएको । पोखरा लेखनाथ महानगरपालिकामा ३३ वडा बनेका छन् भने यहाँको जनसंख्या ४ लाख १४ हजार १ सय ४१ रहेको छ ।
यसबाहेक कास्कीमा मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ«े गरी चार गाउँपालिका बनेका छन् । आइतबारदेखि महानगरपालिकाका ‘लेटरप्याड’ र ‘स्ट्याम्प’ चल्ने छन् ।
