
पोखरा, २९ फागुन-
पोखरामा रहेको पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम आज सकिएको छ ।
सहकारीको आफ्नै सभाहलमा भएको तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथि एवं बिग एफ एम पोखराका अध्यक्ष महेश भण्डारीले अहिलेको सन्दर्भमा उदघोषण कला र नेतृत्व विकास तालिम अति आबश्यक रहेको बताए । भण्डारीले सफल बक्ता र कुशल नेतृत्व हुन लाई मुख्य चार कुरा आबश्यक हुने बताउँदै अध्ययन, अनुभव, कल्पानाशिल र भम्रण आबश्यक हुने बताए ।
एक पटक पनि गल्ती नगर्ने कुनै मानिस नहुने बताउँदै उनले गल्तीबाट डराउने भन्दा पनि पाठको रुपमा लिनुपर्ने भन्दै सहभागीहरुलाई अगाडि बढ्न प्रेरणा दिए ।
कार्यक्रमका प्रशिक्षक एवं रेडियो गण्डकीका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले तालिममा उद्घोषण तथा नेतृत्व विकाससँगै दैनिक घर व्यवहारमा प्रयोगमा आउने सकारात्क विधि टिप्सको रुपमा प्रशिक्षण गराइएकोले सहभागीहरुको ब्यवहारमा परिवतन आउनेमा आफु आशावादी रहेको बताए ।
सहभागीहरुको प्रस्तुतीबाट आफु सन्तुष्ट भएको बताउँदै तालिममा सिकेको कुरा आफु र आफ्नो समाजमा पनि प्रयोगमा ल्याउन आग्रह गरे । सहकारीका अध्यक्ष ओम बहादुर कार्कीले सिकाई प्रभावकारी भएको जनाउँदै सहभागी सन्तुष्ट भएकोले आगामी दिनमा पनि आफ्ना सहकारी सदस्यको लागि तालिम सञ्चालन गर्दे जाने बतए ।
तालिम संयोजक एवं सहकारीका महिला उपसमिति संयोजक रश्मि अधिकारी भण्डारीले थोरै दिन भए पनि तालिममा जिवन उपयोगी सिप सिक्ने मौका मिलेको बताउदै अगाडि बढ्नको लागि तालिम कोशे ढुङगा हुने बताइन् ।
तालिममा सहभागी नेत्र कुमारी शाही र सुर्य गिरीले सिकेको सिपलाई आफ्नो ब्यवहारमा लागु गर्ने बताईन् ।
सहकारीका सचिव किरण प्रसाद बञ्जराले तालिम सम्झन लायक बनेको बताए । शिक्षा उपसमितिका संयोजक रामकुमार लामिछानेले सिकाउने तरिकाले पनि सिकाई प्रभावकारी बने जस्तै बौल्ने शैलीले पनि मानिसमा ठूलो छाप पर्ने बताए ।
तालिम अवधिमा भएका विभिन्न खेलहरु मध्य प्रतिस्पर्धात्मक रुपमा खेलाइएको माइन्ड टेष्टगेममा अतिथि शाही विजेता बनेका थिए भने मोहन प्रसाद अधिकारी उप विजेता बने ।
तालिममा पोखराका विभिन्न स्थानबाट ३० जना सहभागि भएका संस्थाका प्रबन्धक मोहन प्रसाद अधिकारीले जानकारी दिए ।
यसैबीच, आज नै पृथ्वी सहकारीले एक आपसमा होलीको शुभकामना साटासाट होली पर्व मनाएको छ ।
