ध्वनि प्रदूषण र क्रस फायर गर्ने ५२ बुलेट मोटरसाइकल पोखराबाट नियन्त्रणमा

355
0
Share:

पोखरा, २९ फागुन-
जिल्ला ट्राफिक कार्यालय कास्कीले ध्वनि परिवर्तन गरी प्रदूषण र क्रस फायर गर्ने ५२ बुलेट मोटरसाइकल आज नियन्त्रणमा लिएको छ ।

कार्यालयले ती मोटरसाइकलका चालकलाई नियमानुसार अधिकतम कारबाही गरी मोटरसाइकलको ध्वनिलाई पहिलाकै स्वरुपमा ल्याई अब उप्रान्त त्यस्तो नगर्ने सर्तमा छाडिएको कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

यस्तै कार्यालयले विभिन्न मोटरसाइकल वर्कसपका ५५ मिस्त्रीलाई सवारीसाधनमा ध्वनि परिवर्तन गर्न नहुने र यदि गरेको पाइएमा कानुनअनुसार सार्वजनिक मुद्दासमेत चलाइने चेतावनी पनि दिएको वताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: