सस्तो बजारको भाडा आँफै बुझाउने

Share:

पोखरा, १३ चैत-
पोखराको पृथ्वीचोक स्थित सस्तो बजारमा उत्पन्न तनाव अझै मिलेको छैन । युवराज खतिवडाले टेण्डर प्राप्त गरी मासिक भाडा बुझाईरहेकोमा बजारका सञ्चालक समितिले ठाउँ पनि नछाड्ने र भाडा पनि आफै जग्गा धनीलाई बुझाउने अडानबाट टसमस भएका छैनन् ।

जग्गा सञ्चालनको अधिकार पाएका खतिवडाले जग्गा उपभोग गर्न नपाएको र व्यवसायीका कारण आफूले भाडा नपाएको बताउँदै आएका छन् । सञ्चालक समितिले ठेकेदारलाई नबुझाई जग्गा धनी नेपाल वायुसेवा निगमलाई आफै बुझाउने अडानमा छन् । १५ दिनभित्र जग्गा खाली गर्न सूचना प्रकाशित भएकोमा समितिले समस्या निम्त्याउने मुर्खता नगर्न भनेको छ ।

समितिका अध्यक्ष केशवबहादुर भुलेलले आईतबार पुनः ध्यानाकर्षणपत्र सार्वजनिक गरेका छन् । ‘राज्यलाई भाडा तिर्नु हाम्रो कर्तव्य हो । शान्तिपूर्ण, सुरक्षित र विचौलिया रहित वातावरको माग हाम्रो अधिकार हो ।’ विज्ञप्तीमा उल्लेख छ ‘भाडा निगमलाई बुझाउने वा महानगरपालिकामा उद्योग वाणिज्य संघको मातहतमा बुझाउने उचित समाधानका लागि राजनैतिक पार्टी, प्रशासन, महानगरपालिका, उद्योग वाणिज्य संघमा अनुरोध गर्दछौं ।’

राजनीतिक रुप ग्रहण गरिसकेको यो सस्तो बजारको विषयमा प्रशासन समेत लाचार बनेको छ । बजार संचालक समितिका संरक्षक शिव खनाल विप्लव माओवादीको जिल्ला सदस्य र संचालक सदस्य तथा व्यवसायी पूर्णजीत पुन जिल्ला सचिव हुन् । यस्तै टेन्डर पाएर संचालक अख्तियारी पाएका युवराज खतिवडा माओवादी केन्द्र निकटका हुन् ।

व्यवसायीले आफूखुशी लाखौं रुपैंया भाडा उठाएको, करोड बढि संकलन गरेर सञ्चालक समितिका टाउकेले खाएको खतिवडाको आरोप छ भने टेण्डरमा अनियमितता भएको, व्यवसायीलाई फुटपाथबाट उठाएर दलालको हातमा पु¥याउन खोजेको आरोप सञ्चालक समितिले लगाउँदै आएको छ । व्यवसायीले २२ लाख उल्टो ऋण लागेको पनि विज्ञप्तीमार्फत जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: