८६ वर्षीय आरोही मीनबहादुर शेरचनको सगरमाथा आधार शिविरमा निधन

370
0
Share:

वैशाख २३ / विश्वकै पाका सगरमाथा आरोहीका रुपमा किर्तिमान राख्न सगरमाथा आधार शिविर पुगेका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको शनिबार निधन भएको छ।

म्याग्दीको भुरुवा तातोपानीका बेलायती सेनामा समेत काम गरेका पूर्व गोर्ख सैनिक शेरचन वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा हिँडेका थिए ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार शेरचनको आधार शिविरमा ५ बजेर १४ मिनेट जाँदा निधन भएको हो । उनको मृत्युको कारण भने खुल्न नसकेको पनि उनले जानकारी दिए ।

शेरचन काठमाडौंबाट हेलिकोप्टरमा नाम्चेबजार हुँदै सगरमाथा आरोहणका लागि प्रस्थान गरेको बताइएको थियो । शेरचनको आरोहणका लागि ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ नै चलाइएको थियो।

यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढेका थिए । –

Source: कान्तिपुर

कमेन्ट गर्नुहोस्
Share: