महानगरका माओवादी केन्द्र उपप्रमुखका उम्मेदवार ढकालको चुनावी प्रचार प्रसार तीब्र

Share:

पोखरा २४ बैशाख । नेकपा माओवादी केन्द्र पोखरा–लेखनाथ महानगरका उप–प्रमुखका उम्मेदवार गोमा ढकालले आफ्नो चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तीब्रता दिएकी छिन । नेपाली कांग्रेस र माओवादी केन्द्र बीच एलायन्स भइ महानगरको माओवादीका प्रमुख पदका प्रत्यासी विश्व प्रकाश लामिछानेले उमेदवारी फिर्ता लिएपछि उप प्रमुखका प्रत्यासी उमेदवार गोमा ढकाल एक्लै चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा अगाडी वढेकी हुन ।

कांग्रेस माओवादीको एलायन्सबाट उमेदवारी फिर्ता गराएको भएतापनि उनलाई विश्वप्रकाश लामिछानेले चुनावी प्रचार प्रसारमा साथ दिइरहेका छन । चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत आइतबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २३, १६ र ४ मा चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

उप–प्रमुख पदका प्रत्यासी गोमा ढकालले पोखरा लेखनाथ अन्तर्गत पर्ने ठूला खेत र भकुण्डे गाउका बस्तीहरुका साथै वडा नम्बर ४ अन्तर्गत विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । पोखरा लेखनाथ महानगर २३ नम्बर वडाको घरदैलो कार्यक्रममा पोखरा लेखनाथ महानगर २३ नम्बर वडाका वडाअध्यक्षका प्रत्यासी भुमि प्रसाद पराजुलीले ग्रामीण भेगमा उप प्रमुखको उमेदवार सहित घरदैलो कार्यक्रमले कार्यकर्ता र मतदातामा माओवादी प्रति प्रगाढ सम्बन्ध बनाएको वताए । माओवादी केन्द्रले आफ्नो वडामा जित्नेमा कुनैपनि शंका नरहेको वताउदै पराजुलीले महानगरका उप प्रमुखका प्रत्यासीलाई जिताउनका लागी आफुहरु हरदम लागी पर्ने वताए ।

पोखरा लेखनाथ महानगर वडा नम्बर ४ को घरदैलो कार्यक्रममा ४ नम्बर वडाका अध्यक्ष पदका प्रत्यासी लोक नाथ भण्डारीले माओवादीको कामले जनता माओवादी प्रति आकर्षित भइरहदा आफुहरुले समाजमा उच्च छवी कमाएको ब्याक्तिलाई उप प्रमुखको पदमा पाएकाले गोमा ढकाललाई जिताउनका लागी कुनैपनी कसुर बांकी नराख्ने वताए ।

त्यस्तै पोखरा–लेखनाथ १६ नम्बर वडाका वडा अध्यक्ष प्रत्यासी गुरुदत्त भण्डारीले आफुहरुले आफ्नो वडामा चुनावी प्रचार प्रसारको क्रममा पोखरा महानगरको उप प्रमुखको प्रत्यासी उमेदवारलाई संगै पाउदा माओवादीका कार्यकर्ताहरुमा उत्साह थपिएको वताए ।

सो अवसरमा माओवादी केन्द्रबाट पोखरा लेखनाथ महानगरको उप प्रमुखको प्रत्यासी उमेदवार गोमा ढकालले माओवादी केन्द्रबाट आफु उप प्रमुखमा उमेदवार भइरहदा जनताको उत्साह बढेको वताउदै आफुलाई जनप्रतिनिधीमा जिताउनमा सम्पूर्ण पोखरा लेखनाथ बासीले सहयोग गर्नुपर्नेमा जोड दिइन । आफुलाई माओवादी केन्द्रबाट उमेदवारको जिम्मेवारी दिएकाले आफुलाई दिएको जिम्मेवारी पुरा गर्दै जनताको दुख सुख बुझ्दै घरदैलो कार्यक्रमलाई तीब्रता दिइरहेको वताइन ।

घरदैलो कार्यक्रममा नेकपा माओवादी जिल्ला संयोजक दिपक कोइराला, सांसद तेजकुमारी पौडेल, नेकपा माओवादीका केन्द्रिय सदस्य सुमन देवकोटा, वाइसिएल पोखरा लेखनाथ नगर अध्यक्ष सन्तोष सोनाम, कास्की क्षेत्र नम्बर ३ का संयोजक गंगा पोख्रेल लगायतका ब्याक्तिहरुको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: