
बैशाख २५, काठमाडौं – नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य तथा पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष जीतबहादुर गुरुङ माओवादी केन्द्रमा फर्किएका छन् । सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफू माओवादी केन्द्रमै सक्रिय रहने जानकारी दिए ।
पोखराको गुरुङ समुदायमा रहेका जीतबहादुर पोखरामा ‘मामा’ नामले प्रख्यात छन् । युद्ध कालदेखि नै माओवादीको संगठन निर्माणमा क्रियाशील रहँदै आएका गुरुङ पछिल्लो समय नयाँ शक्तिमा क्रियाशील थिए ।
किन छाडे नयाँ शक्ति ?
गुरुङका अनुसार,
-आफूले आशा गरेका नेता डा. बाबुराम भट्टराई उपेन्द्र यादवको पछि लागे ।
-नयाँ शक्तिले देशको बैकल्पिक धारको नेतृत्व गर्न नसक्ने भयो ।
-प्रचण्ड नेतृत्व सरकारको कामबाट म प्रभावित भएँ ।
उनले विकास र समृद्धिको नेतृत्व गर्ने क्षमता माओवादीसँग मात्रै भएको बताए ।
साभार: रातोपाटी
