
पोखरा ३ जेठ |
पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसको प्यानलले जितेको छ । वडा नम्बर ३ को वडाध्यक्षमा रबिन्द्र बहादुर प्रजु सहितको कांग्रेसको प्यानल बिजयी भएको हो ।
बिजयी प्रजुले ९ सय ६३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शशीधर पराजुलीले ६ सय ४८ मत प्राप्त गरे । महिला सदस्यमा नेपाली कांग्रेसका लक्ष्मी पराजुली, दलित महिला सदस्यमा सबि परियार तथा खुल्ला सदस्यमा रविन कायस्थ र जितेन्द्र कायस्थ बिजयी भए ।
कमेन्ट गर्नुहोस्
