
बिग न्यूज
पोखरा, ३ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिका प्रमुखमा कांग्रेसका युवराज कुँवर विजयी भएका छन् । विजयी कुँवरले ४ हजार ६ सय ७२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर केसीले ४ हजार ४ सय ८ मत पाएका छन् ।
गाउँपालिकाको उपप्रमुखमा भने एमालेकी सगुन गुरुङ ४ हजार ५ सय ८६ मत प्राप्त गर्दै विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी खिमकुमारी गुरुङले ४ हजार ४ सय ६९ मत पाएकी छिन् ।
कास्कीमा अब देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मात्र मतपरिणाम आउन बाँकी छ । यससँगै एक महानगर र ४ गाउँपालिका रहेको कास्कीमा एमालेले ३ र कांग्रेसले १ स्थानीय तह जितेको छ । एमालेले मादी, रुपा र माछापुच्छ्रे गाउँपालिकाको प्रमुख तथा उपप्रमुख जितिसकेको छ ।
कमेन्ट गर्नुहोस्
