पोखरा लेखनाथमा एमालेलाई दुई तिहाई, मेयरमा जिसी र उपमेयरमा मञ्जु

Share:

देशकै ठुलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जि सी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेशका रामजी कुँवरलाई १४ हजार ७ मतले पछाडी पादैं विजयी भएका हुन् । जि सीले ६० हजार ४ सय २३मत ल्याउँदा कुँवरले ४६ हजार ४ सय १६ मत ल्याए ।

यस्तै गरी पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४ सय ४८ मत ल्याएर निर्वाचित भईन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेशकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याईन् ।

एक महानगरपालिका र ४ गाउँपालिका गरी ५ स्थानिय तह भएको कास्कीमा २ लाख २४ हजार ८ सय १३ मतदाता रहेकोमा जम्मा १ लाख ६८ हजार २ सय ८४ मत खसेको थियो । पोखरा लेखनाथ महानगरपालिकामा मात्र १ लाख २५ हजार ९ सय ३२ मत खसेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: