जानकी आधारभुत बिद्यालयमा छात्रबृत्ति बितरण

Share:

पोखरा, जेष्ठ ११ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं १७, महतगौडामा रहको जानकी आधारभु बिद्यालयले छात्रबृत्ति बितरण गरेको छ ।
नेपाल सरकार ब्यबस्था गरेको सामुदायिक बिद्यालयमा अध्ययन गर्ने गरिव, दलित तथा जेहेन्दार बिद्यार्थिलाई एक कार्यक्रमको आयोजना गरि बितरण गरिएको हो । जिल्ला शिक्षा कार्यलय कास्कीको उप जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकाल, पत्रकार हरि बास्तोला , माधब पनेरु , शिक्षक बिद्यार्थी संघका अध्यक्ष नगेन्द्र ढकालले सामुहिक रुपमा छात्रबृत्ति बितरण गरेका हुन ।
बिद्यालयमा अध्ययनरत बिद्यार्थिहरुमा दलित छात्र ३७,छात्रा ४१ जनाले शतप्रतिशत र ३३ जना छात्रा र २२ जना जनजाती समुदायका बिद्यार्थिहरुलाई ५० प्रतिशत छात्रृत्ति बितरण गरिएको हो । बिद्यालयमा हाल १ सय ७२जना बिद्यार्थिहरु अध्ययनरत छन ।
छात्रबृत्ति बितरण कार्यक्रममा उप जिशिअ ढकालले सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थिहरुले शैक्षिक गुणस्तर बिकास गर्न नसकेको गुनासो गर्ने अभिभावकहरुलाई दिनमा कम्तीमा १० मिनेट छोराछोरीलाई समय दिन आग्रह गरे । सरकारको मोटो रकम खर्च भैरहेको भन्दै उनले सामुदायिक बिद्यालयलाई कमजोर नठान्न उनले सबैलाई सझाव दिए ।
कार्यक्रमा पत्रकार तथा बिद्यालयका सल्लाहकार हरि बास्तोलाले अब भौतिक संरचना संगै गुुणस्तरमा फड्को मार्न सुझाव दिए । कार्यक्रममा बिद्यालयमा प्रधानध्यापक रघुनाथ शर्मा । बिद्यालय ब्यबस्थापन समिती सदस्य रबि भण्डारी, शिक्षक बिद्यार्थि संघका अध्यक्ष नगेन्द्र गुरुङ्ग, शिक्षक तुलसी गिरिले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: