पश्चिमाञ्चलभर ताजा घटना/दुर्घटना के भयो ? पढ्नुहोस् 

Share:

चितुवाको बच्चा फेला पारी बुझाएको: कास्की

मिति २०७४।०२।२२ गते अ.०९:१५ बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका३० शिशुवा स्थित हेल्थ पोष्ट नजिकै मकैबारीमा चितुवा घाईते अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि र वन कार्यालयबाट कर्मचारी खटि गई उक्त घाईते चितुवा जिल्ला वन कार्यालयलाई बुझाईएको  छ ।

 

धारिलो हतियार प्रहार गरी घाईते : तनहुँ

मिति २०७४।२।२२ गते अं.११:१५ बजेको समयमा जिल्ला तनहुँ व्यास नगरपालिका २ स्थित होटेल ओरेन्ज होममा काठमाण्डौको शंकरापुर नगरपालिका १ घर भई हाल तनहुँ जिल्ला खैरेनीटार बस्ने वर्ष ४०को अमृत कुमार चौलागाई र व्यास नगरपालिका १० बस्ने वर्ष अन्दाजी २२/२३ को देव गुरुङ बिच एकआपसमा झगडा हुँदा देव गुरुङले धारिलो हतियार खुकुरी प्रहार गर्दा अमृत चौलागाइको टाउकोमा चोट लागेको छ । उनलाई उपचारको लागि अस्पताल पठाईएको छ । घटनास्थलमा प्रहरी टोली खटि गएको र खुकुरी प्रहार गर्नेको खोजि भईरहेको छ ।

 

करेन्ट लागी मृत्यु: कपिलवस्तु

मिति २०७४।०२।२२ गते अ.०७:३० बजेको समयमा कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका ४ गजेहडा बस्ने वर्ष ७१को  चन्द्र सिङ राना आफ्नै घरमा ईन्भर्टरको तार विद्युतमा जोड्ने क्रममा करेण्ट लाग्दा घाईते भई उपाचारको लागी ४ न. स्थित सामुदायिक अस्पतालमा लगीएकोमा निजको उपचारको क्रममा  मृत्यु भएको र घटनास्थलमा प्रहरी टोली खटी गई अनुसन्धान गरिरहेको छ ।

झुण्डी मृत्यु : कपिलवस्तु

मिति २०७४।०२।२१ गते २३:३० बजेको समयमा कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका १ गुर्दिहवा स्थित बगैचामा जामुनको रुखमा नामथर वतन नखुलेको अन्दाजि ५०/५५ वर्षको मधेशी मुलको जस्तो देखीने पुरुष व्यक्ति प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा छ भनि स्थानियले जानकारी गराए पश्चात प्रहरी टोली खटिई गई थप अनुसनधान गरिरहेको छ ।

विषादी सेवन गरी घाईते : पाल्पा

मिति २०७४।०२।२१ गते अं.१७:०० बजेको समयमा पाल्पा जिल्ला रामपुर नगरपालिका-७ ईस्लामपुर बस्ने वर्ष अं.७९को गंगा वि.क.(पुरुष)ले किरामार्ने विषादी सेवन गरि घाईते भएकोमा लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गएको छ ।

सवारी दुर्घटनामा ४ जना घाइते: रुपन्देही

मिति २०७४।०२।२२ गते अ.१२:०० बजे रुपन्देही जिल्ला सियारी गाउँपालिका २ स्थित भित्री सडक खण्डमा लु २७ प १७०८ न.को मोटरसाईकलले पैदल यात्रीहरुलाई ठक्कर दिदा मोटरसाईकल चालक सहित ४ जना घाईते भई उपचारको लागी मेडीकल कलेज भैरहवा पठाइएको छ ।घटनास्थलमा प्रहरी टोलि खटि गई मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

 

सवारी दुर्घटनामा ५ जना घाइते: स्याङ्जा

मिति २०७४/०२/२२ गते अं.०९:४५ बजे स्याङ्जा जिल्ला पुतलिबजार नगरपालिका ३ साउथर स्थित भित्री कच्चि सडक खण्डमा पौबेगौंडे बाट बांडखोला बाट तर्फ आउदै गरेको ग१च २८४४ नं को जिप ट्याक्टर लाई साइड दिने क्रममा सडक देखि अंन्दाजि २० मीटर तल खस्दा ५ जना घाईते भई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जामा ल्याईएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गएको छ ।

पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा ।

कमेन्ट गर्नुहोस्
Share: