
काठमाडौं, २३ जेठ । ४०औं प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि शपथग्रहणमा देउवाले समर्थनमा रहेका र सरकारमा जान इच्छुक दलबाट पहिलाृे चरणमा ७ जनासम्मको मन्त्रिमंडल बनाउने तयारी छ। पहिलो चरणमा कांग्रेसबाट थोरै संख्यामा मात्र मन्त्री बन्ने र सबै दललाई समेट्ने गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋयिा धमलासँग कुराकानी गर्दै उनले माओवादी केन्द्र कांग्रेस, नेपाल लोकतान्त्रिक फोरमबाट केही मन्त्री बन्ने बताए। पसहिलो चरणमा राप्रपाबाट भने सहभागि नहुने बताए। स्रोतका अनुसार पहिलो चरणमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुरले शपथग्रहण गर्ने सम्भावना रहेको छ।
