
पोखरा, १३ असार /पोखरामा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ वाटुलेचौरको मैदान वडा कार्यालय नजिक र पोखरा ३ नदीपुरमाको जमिनमा भ्वाङ गरेको हो । भ्वाङ परेसंगै बिजुलीको पोल समेत ढल्कीएको छ । ट्रासमिटर राखिएका दुई पोल मध्ये एक ढल्ने अवस्थापमा छ भने अको ढल्कीएको छ ।
पोल ढल्कीदा ट्रासमिटरमा समेत विग्रियका कारण बाटुलेचौरको केहि क्षेत्रमा विद्युत समेत अवरुद्ध बनेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जिवन आचार्यले भ्वाङ पुर्नका लागि महानगरपालिकामा पहल भएको र विद्युत बनाउन पनि विद्युत कार्यालयलाई जानकारी दिइ सकेको बताए ।
उनले पोखराको खानेपानीको पाइप पनि भ्वाङ परे कै ठाउँमा भएका कारण पोल गाड्न अप्ठेरो भएको बताए । त्यसै गरी गएराति भलपानीको कारणले गर्दा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ नदीपुरमा नर बहादुर नेपालीको घर अगाडीको भागमा भ्वाङ परेको छ । गएराति आएको अविरल बर्षासंगै भलपानीले उनको अगाडी पट्टीको भागमा जमिनमा भ्वाङ परेसंगै पिडीको केहि भाग समेत चर्कीएको हो । नदीपुर ठाडो बाटो निमाार्णको क्रममा गएरातिको भलपानीले उक्त क्षेत्रमा पानी छिरेर भ्वाङ परेको स्थानिय यज्ञ सुवेदीले बताए ।
त्यसैगरी गएराति भलपानीको कारणले गर्दा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ नदीपुरमा नर बहादुर नेपालीको घर अगाडीको भागमा भ्वाङ परेको छ । गएराति आएको अविरल बर्षासंगै भलपानीले उनको अगाडी पट्टीको भागमा जमिनमा भ्वाङ परेसंगै पिडीको केहि भाग समेत चर्कीएको हो । त्यसै गरि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ मा बाढीले एउटा ट्रयाक्टर बगाएको छ । सेती नदीबाट बालुवा बोक्न प्रयोग गरिदै आएको नारायण तिवारीको ग१त २०८८ नम्बरको ट्रयाक्टर बडीघाटबाट बगाएको हो ।
