
पोखरा १३, असार । अविरल वर्षाका कारण पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ कास्कीकोटमा पहिरोले एउटा घर पुरिएको छ । राती करिब १ बजेतिर गएको पहिरोका कारण कास्कीकोटको बनपाले भन्ने ठाउँमा स्थानीय डिल्लीराम सुवेदीको घर पुरिएको हो ।
घर पुरिएपछि घरमा सुतिरहेका ४ जना मध्ये डिल्लीराम सुवेदी घाईते हुनुभएको छ । सुतिरहेको अवस्थामा एक्कासी पहिरो गएको र श्रीमती, छोरा र छोरी भने जोगिन सफल भएको पारिवारिक श्रोतले जनाएको छ । घर पुरिएपछि घरमा रहेको अन्नबाली, लत्ता कपडा नष्ट भएको छ ।
– जीवन सुवेदी
File Photo
कमेन्ट गर्नुहोस्
