नो हर्न कार्यान्वयनका लागि बिबिध कार्यक्रम हुने  

Share:

पोखरा, असार , २३ , पोखरा लेखनाथ महानगरपालिका कार्यालयले आगामी साउन १ गते बाट नो हर्न लागु गर्ने भएपछि सो संबन्धी बिभिन्न कार्यक्रम गरिने भएको छ  ।

नो हर्नको बारेमा जनतालाई जानकारी र यस बारे हुने फाईदाका बारेमा जनमानसमा सकारात्मक संन्देश दिने उद्धेश्य जिल्ला ट्राफिक कार्यालय कास्कीले साउन महिना भर बिबिध कार्यक्रम गर्ने पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । सरोकारवालाहरु संग अन्र्तकृया, हर्न निषेध बोर्ड राख्ने स्वयंसेवकहरु परिचालन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख बिस्वराज अधिकारीले जानकारी दिए ।

ट्राफिककै आयोजनामा स्थानिय टिभि तथा रेडियोहरुमो अन्र्तकृया, बिद्यालयहरुमा सम्पर्क, चालकहरुलार्ई प्रशिक्षण कार्यक्रम, प्रेशर हर्न नियन्त्रण थ.तथा हर्न बजाउन नपाउने संबन्धी जानकारी, हर्न निषेध उदघाटन, सडकमा भिडियो डिस प्ले, बस पकेट ब्यबस्थापन संबन्धी कार्यक्रमहरु गरिने अधिकारीले जानकारी दिए ।

पहिलो दुई दिनमा चालकलाई हर्न नबजाउन अनुरोध गरीने प्रमुख अधिकारीले जानकारी दिए । अब सडकमा बाटो काट्नेहरुलाई पनि जेब्रा क्रस बाट बाटो काट्न उत्पे्रेरीत गरिने उनको भनाई थियो । अन्यत्र बाट बाटो काटेमा जरिवाना वा संझना स्वरुप प्रहरीले बटुवालाई चकलेट दिएर अब देखि जेव्रा क्रस बाटै बाटो काट्न अनुरोध गरिने उनले बताए । हर्न बजाउदा मानव जिवनमा असर पर्ने वा ध्वनी प्रदुषण हुने भएकाले यो कार्य पुर्ण रुपमा निषेध गर्दे जाने उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: