हाम्रो परिबर्तनको बृक्षारोपण, ताल सदुपयोग गर्ने गरि योजना बनाउने ः मेयर जि.शि 

Share:

पोखरा, असार २४, माधब पनेरु ।  हाम्रो परिबर्तन नेपालले पोखराको फेवाताल किनारमा बृक्षारोपण गरेको छ ।

बृक्षारोपणको पोखरा लेखनाथ महाननगरपालिकाका मेयर मान बहादुर जि.शिले उदघाटन गरे । बृक्षारोपण कार्यक्रममा मा प्रमुख जि.शि ले पोखरा पर्यटकियन नगर भएर पनि यसको सहि सदुपयोग हुन नसकेको बताए ।

पोखराको पहिचान मेटिदै गएको शन्र्दभमा अव लेकसाईडका हरेक मार्गहरुलाई अलग पहिचान बोकेका मार्गका रुपमा परिचित गराउन आबस्यक रहेको उनको भनाई थियो । पोखरा सास्कृतिक, प्राकृतिक छटाले भरिएको बिस्वको शुन्दर शहर भएपनि हामिले बिस्वमा यसको सहि मार्केटिङ्ग गर्न नसकेको उनको भनाई थियो । पोखराको फेवाताल वरपरको सभ्यतालाई पुस्तौ सम्म जोगाईराख्ने तर समय अनुसारको आधुनिकिकरण भने गर्दै जाने जिशिले उल्लेख गरे ।

कार्यक्रममा हाम्रो परिबर्तन नेपालका अध्यक्ष डा. ढाका कुमार श्रेष्ठले परिबर्तनका लागि सबै पक्षहरु समानान्तर तरिकाले अगाडी बढ्नुु पर्नेमा जोड दिए । एक पक्ष मात्र राम्रो भएर हुदैन, बिकासका कारण बाताबरण पनि बिग्रन नहुनेमा आफुहरु चिन्तित छौ, उनले भने । पोखराको फेवाताल किनारमा र्निमाण भएको फुटट्याक  छेऊमा बिरुवा रोप्दा फेवाताल लाई थप सुन्दर बनाउने उनको भनाई थियो ।  कार्यक्रममा पोले महानगरपालिका वडा नं ६ का अध्यक्ष जगत बहादुर पहारीले फेवाताल बिग्रदा सबै चिन्तित हुने अबस्था आउनु पर्ने बताए । साँकुरा नामको जापनिज बिरुवा एकै पटक पात समेत नहुने गरि फुल्दा फेवातालको स्वरुप अझ सुन्दर हुने उनको भनाई थियो ।

कार्यक्रममा समाजसेवी तथा पर्यटन ब्यबशायि बाशु त्रिपाठी, हरि पहारी , टानका प्रथम उपाध्यक्ष बिस्वराज अधिकारी, नयाँ शक्ति पार्टीका शम्भु खाती, माओबादी केन्द्रका गोमा ढकाल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य चन्द्र बहादुर के.शी., पर्यटन ब्यबशायि हरि बस्ताकोटी,सामुदायिक प्रहरी सेबा केन्द्र बैदामका प्रमुख भिम पराजुली, हाम्रो  परिबर्तन नेपालका उपाध्यक्ष हिरामणि न्यौपाने, सचिव संगिता सुबेदी लगायतले बृक्षारोपण गर्ने काम राम्रो भएपनि यसको संरक्षण गर्नु अर्को चुनौती भएको बताए । सो क्षेत्रमा दुई सय बिरुवा रोपिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: