
बिग न्युज पोखरा, ३१ भदौ / नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बालकृष्ण काउछा मगर सहितका दर्जन बढि नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार राति अबेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले काउछामगर सहितका नेताहरुलाई एमालेमा स्वागत गरेका हुन् ।
केन्द्रिय नेताहरु शिवजी लामिछाने, प्रेम न्यौपाने, रामबहादुर गिरी, मनु खत्री, विष्णुप्रसाद शर्मा, हिमालय बख्रेल, बाबुलाल लामा, लोकबहादुर पुन मगर, प्रकाश खाँड, पदमबहादुर कुमाल, डिलकुमारी थापा, उमा हमाल लगायत छन् ।
अध्यक्ष ओली सहित, सचिव पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं. ४ का सहसंयोजक गणेश तिमिल्सिना, सचिव जगत विश्वकर्मा, केन्द्रिय सल्लाहकार कमिटि उपाध्यक्ष एवं पूर्वमन्त्री खगराज अधिकारी, केन्द्रिय सदस्य सूर्य थापा लगायतले कास्कीबाट प्रतिनिधित्व गर्ने यी नेताहरुलाई एमालेमा स्वागत गरेका थिए ।
एमाले अध्यक्ष ओली प्रदेश नं. २ का विभिन्न चुनावी सभामा सहभागी भएका कारण काठमाण्डौं फर्कन ढिलाई भएको र पार्टी प्रवेश कार्यक्रम अबेर गरिएको एमालेले जनाएको छ ।
