
३१, भदौ , पोखरा । लमजुङ्ग – पोखरा सम्पर्क समितिको १७ औ साधारणसभा सम्पन्न भएको छ ।
लमजुङ्ग बाट पोखरा आई स्थाई वा अस्थाई रुपमा बशोबास गर्नेहरु लाई संगठित गर्ने उद्धेश्य सहित स्थापना भएको सम्पर्क समितिले पोखरामा बसेर बिभिन्न सामाजिक कृयाकलापहरु गरिरहेको साधारण सभामा जानकारी दिइयो । सभामा सस्थाका अध्यक्ष दिपकराज घिमिरेले बार्षिक ,सचिव ईश्वर चिलुवालले निति तथा कार्यक्रम र कोषाध्यक्ष लिला बहादुर गुरुङ्गले आर्थिक प्रतिबेदन पेश गरेका थिए । सम्पर्क समितिले यो बर्ष देखि जिल्लामा भएका कमजोर आर्थिक अबस्थाको जेहेन्दार बिद्यार्थिलाई छात्रबृत्ति प्रदान गर्न सुरु गरेको छ ।
सस्थाका सल्लाहकार काशिमाया गुरुङ्ग द्धारा स्थापित पञ्चसुब्वा डाँटी छात्रबृत्ति अक्षयकोष यो बर्ष लमजुङ्ग क्होला सोथर गाऊपालिका ४ घर भई पोखरा काजिपोखरी स्थित कालिका पब्लीक कलेजमा वि एड दोस्रो बर्ष अध्ययनरत खुस ब. बि.क लाई प्रदान गरियो । सस्थाले हरेक बर्ष उक्त छात्रबृत्ति १ जनालाई दिने बताएको छ । कार्यक्रममा बिभिन्न समयमा सस्थालाई योगदान दिएका सदस्यहरुलाई पनि सम्मान गरेको छ । सो अबसरमा सस्थाका सह सचिव गगन पौडेल, लिला गुरुङ्ग, कृष्ण गिरि, कल्याण पन्त, बुद्धिमान दुरा, रिसिराम चिलुवाल, चम्पा रानाभाट, शिबलाल रिमाल, राजेन्द्र अधिकारी, काशिमाया गुरुङ्ग लाई सम्मान गरेको छ ।
त्यसैगरि पत्रकारीता क्षेत्रमा कृयाशिल रहेको लमजुङ्गेको तर्फ बाट यो बर्ष पत्रकार माधब पनेरुलाई पनि सो अबसरमा सम्मान गरिएको थियो । अघिल्लो बर्ष समितीले पत्रकार रुपीन्द्र प्रभावी कटु लाई सम्मान गरेको थियो ।
कार्यक्रममा कृषि अनुसन्धान केन्द्र बागबानि, पोखराका प्रमुख तिर्थ राज पोखरेलले भाईचारा र अप्ठेरो परेको बेला जिल्लाबासिहरु एक जुट हुने परम्परा राम्रो भएको बताए । सस्थाले छरिएर रहेका जिल्लाबासीलाई एकत्रित गर्न सकेकोमा उनले खुशि ब्यक्त गरे । सो अबसरमा सस्थाका पुर्व अध्यक्ष, सल्लाहकार लगायतले शुभकामना दिएका थिए ।
