कोत्रेबाट बरामद डेढ किलो सुन सक्कली कि नक्कली ?

Share:

बिग न्युज पोखरा, ३१ भदौ / शुक्रबार झण्डै डेढ किलो सुन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको घटना सार्वजनिक भयो । तर, प्रहरीले हालसम्म यसबारे जानकारी गराएको छैन ।

गम्भिर विषय भएकाले अनुसन्धान प्रक्रिया अघि बढिरहेको सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले संक्षिप्त प्रतिक्रिया दिए ।

‘सुन नै भनेर पनि अहिलेसम्म स्पष्ट भईसकेको छैन । आईतबार सुनको जाँच गरेपछि थाहा हुन्छ । अनि सार्वजनिक हुन्छ ।’ खत्रीले भने । ठूलो मात्रामा प्रहरी परिचालित गरी शुक्रबार प्रहरीले पोखरा लेखनाथ महानगरपालिकाको तनहुँ सिमाना कोत्रे नजिकबाट सो परिमाणमा सुन सहित दुई जनालाई पक्राउ गरेको थियो । तर प्रहरीले पक्राउ गरिएका व्यक्तिबारे पनि केहि बताएको छैन ।

पश्चिमाञ्चल क्षेत्रीय प्रहर्रीकार्यालय पोखरा, गण्डकी अञ्चल प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र डाँडाकोनाक प्रहरी चौकी समेतको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: