नेकपाले  सोमबारदेखि पोखरामा सरकारी सवारी साधन चल्न नदिने घोषणा 

Share:
ओम हमाल
पोखरा, १ असोज २०७४ ।
आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरी झुट्ठो मुद्दा लगाएकोमा आक्रोशित बनेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबारदेखि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । घोषित संघर्षका कार्यक्रमहरुमा असोज २ गतेदेखि कास्की जिल्लामा सरकारी सवारी साधनहरु सञ्चालनमा रोक लगाइने भएको छ । नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्यूरोले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
उक्त पत्रकार सम्मेलनमा बोल्दै  नेपाल कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओम प्रकाश पुनले पार्टीका कार्यकर्ता तथा समर्थक र सर्वसाधारणको गिरफ्तारी धरपकड, अनावश्यक निगरानी, घर खान तलासी, र झुट्टा मुद्दाामा फसाउने प्रतिकृयावादी षडयन्त्र भएकाले तत्काल बन्द गर्नुपर्ने अन्यथा पार्टि प्रतिरोधात्मक संघर्षमा उत्रिन बाध्य हुने बताए ।
नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज सावित्रा दूरा आस्थाले आन्दोलनका कार्यक्रमहशरु घोषणा गर्दै प्रहरी हिरासतमा रहेका आफ्ना नेता कार्यकर्ताहरुलाइ विनाशर्त रिहाइ नगरे यहि आश्विन ४ गते देखि प्रदेश नं ४ मा सरकारी सवारी साधनमा रोक लगाउने बताइन् । नेतृ आस्थाले पोखराको सस्तो बजारमा बम राख्ने कार्यमा आफ्ेनो पार्टीको संलग्नतालाई अस्वीकार गर्दै सोही घटनालाई लिएर आफ्ना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरी विष्फोटक पदार्थ सम्बन्धि ऐन मुद्दा लगाईनु राज्यको पराजित र त्रस्त मानसिकता भएको दाबी गरिन् ।
पत्रकार सम्मेलनमा बोल्दै  नेकपाका पोलिटब्यूरो सदस्य पुनले पार्टीले पोखराको सस्तो बजारमा वम नराखेको स्पस्ट पार्दापार्दै राज्यले गरेको गिरफ्तारीकाविरुद्ध पार्टी प्रतिरोधमा उत्रिने चेतावनी दिंदै गिरफ्तार गर्नेहरुविरुद्ध लागत राखिएको र आफ्ेनो पार्टीले समेत गिरफ्तारीमा संलग्नविरुद्ध वारेन्ट जारी गरी कारवाही गर्ने कडा अभिव्यक्ति दिए ।
गत भदौ २६ गते सस्तो बजारमा अज्ञात समुहले राखेको वमलाई नेपाल कम्युनिष्ट पार्टीसंग जोडेको र सोही आरोपमा नेकपाका जिल्ला सेक्रेटरी नन्दलाल तिवारी, सदस्य सोमनाथ अधिकारी, वालकृष्ण अधिकारी, गोवीन्द ओलि लेकेन्द्र राइ र काशी पौडेल लगायतका पाँच जना नेता तथा कार्यकर्तालाई प्रहरी पक्राउ गरी आवश्यक अनुसन्धानको नाममा प्रहरी हिरासतमा राखेको छ ।
कमेन्ट गर्नुहोस्
Share: