
बिग न्यूज
पोखरा, २ असोज । माछापुच्छ्रे बैंकले तराईका बाढी पीडितहरुको लागि आर्थिक सहयोग गरेको छ । प्रधानमन्त्री उद्धार कोषमार्फत उसले बाढीबाट प्रभावित परिवारको उद्घार, राहत र पुनस्र्थापनाका लागि सहयोग उपलब्ध गराएको हो ।
कोषमा बैंकले २१ लाख ११ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएको जानकारी दिएको छ ।बैंकका अध्यक्ष रोशन केसीले प्रधामन्त्री शेरबहादुर देउबालाई आइतबार सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
पोखरामा प्रधान कार्यालय रहेको माछापुच्छ्रे बैंकले २०५७ सालदेखि बैंकिङ कारोबार शुरु गरेको हो । हाल बैंकले ६२ वटा शाखा, चार वटा एक्स्टेन्सन काउण्टर, चार वटा शाखारहित सेवा र ८१ वटा एटिएमबाट पाँच लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
