
रञ्जन अधिकारी पोखरा, ६ असोज / मिस पोखराको नवौं संस्करणको उपाधि ममता जोशीले जितेकी छिन् । उनले १५ प्रतिष्पर्धीलाई पछि पार्दै मिस पोखराको ताज पहिरिएकी हुन् ।
पोखरा जेसीजको आयोजनामा विहीबार पोखरा सभागृह हलमा भएको ग्राण्ड फिनालेमा उपाधि सहित उनले नगद ५० हजारसहित यामाहा फेसिनो स्कुटर प्राप्त गरिन् । प्रतियोगितामा पुनम केसी फस्र्ट रनरअप तथा सिमरन गुरुङ सेकेण्ड रनरअप बनिन् । विभिन्न टाईटल विजेतालाई समेत पुरस्कृत गरिएको छ ।
विजेताले छनौट प्रक्रिया बिना नै स्वतः मिस नेपालमा प्रतिष्पर्धाका लागि स्थान सुरक्षित गर्ने आयोजकले जानकारी दिएको छ । सन् १९९५ बाट मिस पोखरा शुरु गरेकोमा १९९९ पछि हुन नसकेको प्रतियोगिता २०१३ देखी पुनः शुरु गरिएको थियो ।
कार्यक्रमकी कोरियोग्राफर तथा सन् २००० कि मिस नेपाल उषा खड्गी रहेकी थिईन् ।
