अमरसिंहचोकको आइल्याण्ड पनि भत्काइयो (भिडियो सहित)

Share:

पोखरा, ३० असोज / पोखराको अमरसिंहचोक स्थित आइल्याण्ड पनि फालिएको छ । पोखराको पृथ्वीचोक, जिरो किमि चोक पछि अमरसिंहचोकको आइल्याण्ड भत्काईएको हो ।

विभिन्न चोकमा रहेका भद्धा आइल्याण्डको कारण ट्राफिक ब्यवस्थापनमा जटिलता थपिदै गएपछि एक पछि अर्को गर्दै आइल्याण्ड भत्काउन थालेको छ ।

सोमवार साँझ अमरसिंहचोकको आइल्याण्ड भत्काइएको हो । सहिद लखन थापाको शालिक रहेको पृथ्वीचोकको आइल्याण्ड भत्काउँदा विवाद भएपनि त्यसपछि भने सहज रुपमा काम अघि बढेको छ । पृथ्वीचोकको विवाद उच्च अदालतसम्म पुगेपछि अदालतले कारण देखाउ आदेश जारी गरेको थियो ।

पोखराका अन्य चोकमा रहेको आइल्याण्ड पनि भत्काउने र चोकमा राखिएका विभिन्न ब्यक्तिका शालिकलाई पार्कमा लगेर ब्यवस्थापन गर्ने योजनामा पोखरा लेखनाथ महानगर छ । लखन थापाको शालिक राख्ने गरी पुनः आइल्याण्ड राख्ने निर्णय गरेपछि महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको आलोचना भएको छ ।

मगर समुदाय लगायत आदिवासी जनजाति संघसंस्था चोक हटाएकोमा रुष्ट छ । पछिल्लो समय पृथ्वीनारायण शाहको शालिक नै पुननिर्माण गर्ने भन्दै समिति समेत गठन भएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: