‘आर्थिक पारदर्शिता र राजनीतिक अनुशासन भएको प्रतिनीधि छनौट गर्नुहोस्’ : देवराज चालिसे

903
0
Share:

बिग न्यूज
पोखरा, २२ कात्तिक । कास्की क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका देवराज चालिसेले दुईपटकसम्म निर्वाचित भएर पनि रविन्द्र अधिकारीले पोखराको लागि केहि गर्न नसकेको बताए । पटक पटक मौका पाउँदा पनि केहि गर्न नसक्नु ‘कमजोरीको हद’ भएको उनको बुझाई छ ।

उनले कास्कीले यसअगाडिका निर्वाचित सदस्यले संसद विकास कोष वाहेक अरु कुनै शिर्षकमा पोखराको विकासका लागि वजेट नछुट्टाएको आरोप लगाए । ‘गफ गरेर, मिठो हाँसेर चिल्ला कुरा गर्दैमा विकास हुँदैन ।’ उनले भने–‘यसको लागि दृढ इच्छाशक्ति र राजनीतिक स्थिरता आवश्यक हुन्छ ।’

विकास गर्नुभन्दा हुन लागेको विकासका काममा पनि ¥याल काढेर बस्ने परिपाटी यस अगाडिका निर्वाचित प्रतिनीधिले देखाएको उनले आरोप लगाए । उनले पोखरा विमानस्थलको उदाहरण दिँदै त्यहाँ पनि भ्रष्टाचार भएको माओबादीले प्रत्यक्ष रुपमै र एमालेले अप्रत्यक्ष रुपमा त्यसको भाग बाँडेको बताए ।

उनले आफु राजनीतिक रुपमा अनुशासित र आर्थिक हिसाबले पारदर्शी भएको दाबी गरे । ‘मलाई कुनै लोभ छैन । म निर्वाचित भएको खण्डमा मैले पाउने सबै तलब र भत्ता जनतालाई आवश्यक पर्ने कामका लागि खर्च गर्नेछु । त्यसको एक रुपैयाँ पनि मैले व्यक्तिगत रुपमा खर्च गर्नेछैन ।’ उनले भने । उनले एमाले र माओबादी नै धोकेबाज पार्टी भएकोले काँग्रेसलाई भोट गर्न सम्पूर्ण पोखरेलीलाई आग्रह समेत गरे ।

प्रचारप्रसारको क्रममा देवराज चालिसे बुधबार नेपाली काँग्रेसले आयोजना गरेको अखण्ड नेपाल पार्टी स्वागत कार्यक्रम, क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन, नेपाल तरुण दलको भेटघाट लगाएत पोखरा ८ को कार्यकर्ता भेलामा सहभागी भए ।

कमेन्ट गर्नुहोस्
Share: