
बिग न्यूज
पोखरा, २२ कात्तिक । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ बाट समानुपातिक प्रतिनीधि सभाका उम्मेदवार आनन्दराज मुल्मीले कास्कीमा काँग्रेसले जसरी पनि जित निकाल्नैपर्ने स्थिती आएको बताएका छन् । काँग्रेस क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटनको क्रममा उनले यो क्षेत्र प्रदेशकै सम्बृद्धिसँग जोडिएकोले काँग्रेसको जित यहाँ आवश्यक रहेको बताए ।
काँग्रेसको जितले मात्रै यस क्षेत्र र प्रदेशकै सम्बृद्धि सम्भव रहेको उल्लेख गर्दै काँग्रेसले चुनौती लिएर अगाडि बढ्नुपर्ने बताए । ‘काँग्रेसले सँधै चुनौतीको सामना गर्दछ । र, यो चुनौती सामना गर्दै काँग्रेसले आफुलाई प्रमाणित पनि गरेर देखाउनेछ ।’ उनले भने ।
कमेन्ट गर्नुहोस्
