‘स्थानिय चुनावको क्षतीपुर्ती अहिले लिन्छौँ’ : बिन्दुकुमार थापा

451
0
Share:

बिग न्यूज
पोखरा, २२ कात्तिक । काँग्रेस नेता तथा कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाले २०७० मा ब्यहोरेको क्षति अहिलेको चुनावले फर्काउने बताए । उनले काँग्रेसकै अगुवाईमा संविधान जारी भएको भन्दै कार्यान्वयनका लागि पनि काँग्रेस अपरिहार्य हुने उल्लेख गरे । ‘२०७० को संविधानसभा चुनावमा कास्की काँग्रेसको ठूलो क्षति भएको छ । स्थानीय चुनावमा पनि हामी पराजीत भयौं, उनले भने–सबै चुनावको सावा ब्याज सहित अहिले फर्काउने बेला आएको छ । हामी क्षति असुल गरिछाड्छौं ।’

थापाले पोखराका विकासे मुद्धा आफ्नो प्रमुख एजेण्डा भएको बताए । लामो समयदेखि अन्तराष्ट्रिय विमानस्थल निर्माण आँफुले अगुवाई गरेको भन्दै विमानस्थल निर्माण गरेर पोखरेलीको लामो पखाई पूरा गर्ने थापाको प्रतिबद्धता छ । उनले पोखरा चक्रपथ र सुविधासम्पन्न बसपार्क निर्माणलाई प्राथमिकताका साथ अगाडी बढाउने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: