
बिग न्यूज
पोखरा, २२ कात्तिक । नेपाली काँग्रेस कास्कीबाट आसन्न प्रतिनीधि तथा प्रदेश चुनावमा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुले तरुण दलका युवाहरुसँग भेटघाट गरेका छन् । चुनावमा तरुण दल कास्कीको भुमिकाको विषयमा भेटघाटको क्रममा छलफल भएको थियो ।
सोहि भेलाको क्रममा एमाले निकट अनेरास्ववियु पृथ्वीनारायाण क्याम्पसका पुर्व अध्यक्ष गणेश रोकाया पनि नेपाली काँगे्रस प्रवेश गरेका थिए । नेविसंघ पृना क्याम्पस पुर्व सभापति गोपाल गुरुङ र हालका इकाइ सभापति दीपक वाग्लेले रोकायालाई काँग्रेस प्रवेश गराउनका लागि भुमिका खेलेका थिए ।
त्यस्तै नेपाली काँग्रेस वडा नम्बर ८ को ईकाई समिति भेला समेत बसेको छ । सोहि भेलाको क्रममा वडा नम्बर ८ का अनिल केसी र नयाँ शक्तिका सचिवालय सदस्य राजु पौडेल नेपाली काँग्रेसमा प्रवेश समेत गरेका थिए ।
