
बिग न्यूज
लमजुङ, १ मंसिर । लमजुङमा लोकतान्त्रिक गठबन्धनले वृहत आमसभा गर्ने भएको छ । प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिकलगायतका दलहरुको आयोजनामा भोली शनिबार फुलबारी मञ्च बेशीशहरमा विशाल आमसभा हुन लागेको हो ।
सो आमसभाको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शंशाक कोइराला, प्रतिनिधी सभा लमजुङका उम्मेद्वार दिलबहादुर घर्ती, प्रदेश नं (क) का उम्मेद्वार गर्जबहादुर गुरुङ, प्रदेश (ख)का उम्मेद्वार कृष्णप्रसाद कोइरालालगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
लोकतान्त्रिक गठबन्धनका दलले यतिवेला चुनावी अभियानलाई तिब्र बनाएका छन् । गठबन्धनले भोली हुने वृहत आमसभामा उपस्थित हुन कार्यकर्ता, नेता, मतदाता र आम नागरिकलाई आह्वान गरेको छ ।
