
राष्टिय सुचना आयोगका सुचना आयुक्त यशोधा तिमिल्सिनाले नेपालका १० प्रतिशत नागरीकलाई मात्र सुचनाको हकको बारेमा जानकारी भएको बताएकी छन् ।
नेपाल पत्रकार महासंघ कास्की र राष्टिय सुचना आयोगले आयोजना गरेको सुचनाको हक संरक्षण र सम्वद्र्धन विषयक गोष्ठीमा उनले ९० प्रतिशत नागरीकले सुचनाको हकको उपयोग नगर्ने गरेकोे बताएकी हुन् । ‘सुचनाको हक छ भन्ने थाहा हुदाहुदै पनि कतिपय अवस्थामा उपयोग नै गरीदैन ’। कार्यक्रममा तिमिल्सिनाले भनिन सुचना पाउने आफनो अधिकारको सही उपयोग गर्नुपर्छ ।
सरकारले वर्गीकरण गरेका बाहेकका सुचनाहरु हरेक सरकारी कार्यलय र अधिकारीहरुले दिनुपर्ने उनको भनाई थियो । नेपालको संविधान २०६४ धारा २७ ले सुचनाको हकको प्रधान गरेको छ कुनै पनि सार्वननिक सरोकारको विषयमा सुचना लिन र दिन पाउने हक उल्लेख गरीएको छ । सविधानले नागरीकको लागी बनाइदिएको सुचनाको हकको उपयोग गर्न तिमिल्सिनाले सबैलाई आग्रह गरीन् । सार्वजनिक सरोकारको विषयमा सुचना नदिने कार्यलय वा अधिकारीमाथि निवेदन तथा उजुरी दिनुपर्ने कुरामा उनले जोड दिइन् ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष्य दीपेन्द्र श्रेष्ठको अध्यक्ष्यतामा भएको कार्यक्रममा श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सच्चालन सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए ।
