
गीता पोख्रेल, मंसिर ०६
मैसमका कारण देखा पने विभिन्न समस्याहरु मध्य रुघा खाकी पनि एक समस्या हो । जाडो मैसममा विशेषगरि बालबच्चाहरुलाई चिसोले छिटै समात्ने र उनीहरुमा रोगसगँ लडने क्षमता कम हुने भएकाले रुघाखोकीको समस्या बढि मात्रामा बच्चाहरुमा देखिने र रुघाखाकी सगै निमोनियाले समात्ने बालरोग बिषेशज्ञ डा . राम चन्द्र बास्तोलाले बताएका छन् ।
बास्तोलाका अनुशार ‘निमोनिया फोक्सोमा संक्रमण भएर लाग्ने रोग हो । आँखाले नदेखिने किटाणुबाट अचानक श्वासप्रश्वास प्रक्रियासंग सम्वन्धित अगँहरुमा संक्रमण गर्छ र निमोनिया लाग्न सुरु गर्दछ ।’ उनले बालबच्चाहरुमा जाडो मैंसममा चिसोको कारणले रुघा खोकी लाग्ने सम्भावना रहन्छ । रुघा खोकी लाग्दा राम्रो हेरचाह नहुदा श्वासप्रश्वासमा समस्या देखिन्ने र निमोनिया हुने गरेको बताएका छन्
उनका अनुशार निमोनिया बालबालिकालाई मृत्युको मुखमा पुर्याउने् विभिन्न पाँच कारण मध्य अग्र स्थानमा पर्दछ । बच्चाहरुले छिटो छिटो सास फेर्ने, कोखामा हानेको जस्तो देखिने, आँखा रातो हुने ज्वरो आउने सानो २ वर्ष मुनिका बच्चा भए रोइरहने निमोनियाका लक्षण हुन् ।
निमोनिया भएमा पनि समयमै सावधानी अप्नाउन सकियो भने थप देखा पर्ने समस्या बाट बालबच्चालाई बचाउन सकिने बास्तोलाको भनाई छ । उनले निमोनिया भएका बच्चाहरुलाई बढि मात्रामा झोल कुरा बेसार पानी, नुन पानी, जिम्बु पानी खुवाउने न्यानो बनाएर राख्ने र प्राथमिक उपचार ज्वरो आएको छ भने ज्वरो अौषधी खुवाउन सकिने बताए ।
सुन्दा सामान्य समस्या लागेपनि निमोनियाकै कारण वर्षनी कैयौ वृद्धसगै बालबच्चाकोे पनि ज्यान जाने गरेको छ । तसर्थ बालबच्चामा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ । विशेषगरी बच्चाहरुमा रुघाखोकि बाटै निमोनिया सुरु हुने भएकाले रघाखोकी हुनबाट बचाउन रुघाखोकी लागेमा समयमै उपचार गरेर निमोनिया हुनबाट बचाउन सकिन्छ ।
