नयाँ शक्ति पार्टी नेपाल स्याङ्जा क्षेत्र न १ मा प्रचार प्रसार तिव्र ।

Share:

स्याङ्जा ७ मंसिर

चुनावी अभियानको क्रममा हरिपाला, राङ्कोस, नागडाडा, ठुलिवेसी, सेतिदोवान, फापरथुम लगायतका ठाउहरुमा घरदैलो र कोणसभा सम्पन्न भयो। नागरिकका घरघरमा पुगि मत माग्ने क्रममा जनताका आधारभुत आवस्यकताको वारेमा छलफल भएको छ ।

विभिन्न ठाउँमा भएको कोणसभामा प्रतिनिधि सभा क्षेत्र न १स्याङ्जाका उमेदवार टिकाराम पौडेलले जनतावाट प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतिय प्रणालीद्वारा राजनीतिक स्थायित्व सहित आर्थिक क्रान्तिको दिसामा अगाडि वढ्न र समग्र स्याङ्जाको विकासको निम्ति हाम्रो उमेदवारी रहेको उल्लेख गर्दै कालो धन र भ्रष्टाचारको अन्तका लागि नयाँ शक्ति पार्टी नेपालको आँखा चिन्हमा मतदान गर्न अनुरोध गर्नुभयो ।

प्रदेशसभा १ को ख का उमेदवार दिनेश पौडेलले अग्रजहरुलाई सम्मान गर्दै युवाहरुलाइ प्रोत्साहन गर्ने, साथै राज्यको जिम्मा युवाको काधमा आएको छ, हामीसम्पूर्ण युवाहरु मिलेर देशको विकासको गतिलाई अगाडि वढाउनु पर्ने भन्दै साथ दिन अनुरोध गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
Share: