
बिग न्युज पोखरा, ८ मंसिर / पोखराबाट बीरगञ्ज जाँदै गरेको बस तनहुँमा दुर्घटना भएको छ । यात्रुबाहक बस राति ८ बजेतिर तनहुँको शुक्लागण्डकी अकलादेवी मन्दिर नजिकै सडकमा पल्टिएको हो ।

बस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । दुई जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको पहिचान नखुलेको घटनास्थलबाट रियाज तिमिल्सिनाले जानकारी दिएका छन् । घाईतेलाई पोखरा ल्याईएको बताईएको छ । दुर्घटनापछि बसका चालक भागेका थिए ।

बसको सिसा सबै फुटेको छ । दुर्घटनाको कारणबारे केहि खुलिसकेको छैन । स्थानीयले केहिबेर राजमार्ग नै अवरुद्ध गरेका थिए ।
कमेन्ट गर्नुहोस्
