
बिग न्यूज
पोखरा, ९ मंसिर । नेपाली काँग्रेसको नयाँ चुनावी गीत सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द तथा संगीतमा बनेको गीतलाई विमलराज क्षेत्री र रितु थापाले गाएका छन् । पछिल्लो पटक युट्युबमार्फत सार्वजनिक भएको यो गीतलाई निकै रुचाईएको छ ।
सुन सुन साथी बोलको यो गीत र दृश्य सामाग्रीलाई नेपाली विद्यार्थी संघका केन्द्रीय महामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेका हुन् । नेपाल अमेरिका सम्पर्क समितिका पदाधिकारीहरु गोमा अधिकारी र नारायण खनालसँगै यो गीतको निर्माणका लागि नेपाल साँस्कृतिक संघका वरिष्ठ उपाध्यक्ष जनार्दन आचार्यको विशेष सहयोग रहेको निर्माण सँयोजक कम्पनी मञ्जुश्री फिल्मस्ले जानकारी दिएको छ ।
सार्वजनिक गीतको भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन् । प्रविण भट्टले सम्पादन गरेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् । गीतको भिडियोमा मोडलहरु राज केसी र सिर्जना क्षेत्री फिचर छन् ।
हेर्नुस् भिडियो :
